ghar sansar

भीमदत्तका कार्य वाहक मेयर जोशीले गरिन् सार्वजनिक सवारी अनुगमन, सहज र सफल यात्रा बनाउन चालक र सह चालकसित आग्रह

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्य वाहक नगर प्रमुख निलम लेखक जोशीले सार्वजनिक सवारी अनुगमन गरेकी छन् ।

बिहीबार वसपार्क पुगेर कार्य वाहक मेयरले सार्वजनिक सवारीका यात्रु, यातायात व्यवसायी लगायत सरोकारावालासित यात्रा सम्बन्धि जानकारी लिएकी छन् ।

बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनले निर्धारण गरे अनुसार भाडा लिएको नलिएको, ट्राफिक नियम पालना गरे नगरेको, सवारीमा क्षमता भन्दा बढीर यात्रु राखेको नराखेको तथा यात्राका सवारी साधनका कर्मचारीको व्यवहार लगायतका विषयमा जानकारी लिएकी छन् ।

कार्य वाहक मेयरको सचिवालयका अनुसार उनी जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज, वडा प्रहरी इन्चार्ज सहित सरोकारवाला सहित सवारी अनुगमन गरेकी हुन् ।

dirghayi clinic

दशैं तिहार लगायतका चाडवाडमा सार्वजनिक सवारीमा यात्रुले अनावश्यक दुःख पाउने र नियम मिचेर सवारी सञ्चालन हुने गरेको गुनासो आएपछि अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा कार्य वाहक मेयर जोशीले सवारी चालक सह चालक र यात्रुलाई सहज यात्रा बनाउन आग्रह गरेकी छन् ।

दशैं तिहारमा सार्वजनिक यात्रालाई सहज बनाउन भीमदत्त नगरपालिकाले यस अघि लामो दुरीको सवारीका चालक र सह चालकलाई खादा र फूलमाला लगाएर वसपार्कमा सम्मान गरेको थियो ।

अनुगमनमा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत सुबास अधिकारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सन्तोष खनाल लगायतका सहभागी भएका छन् ।

  

Himal dental
सम्बन्धित
Loading...