ghar sansar

कैलालीको चुरेमा फुड पार्क बनाउँदै सरकार

little buddha academy
khasi

महेन्द्रनगर । सरकारले कैलालीको चुरे गाउँपालिकामा फुड पार्क बनाउने भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाका खाद्यान्न लगाउतका उत्पादन बिक्री वितरणका लागि फुड पार्क बनाउन थालिएको हो । यसका लागि बजेट बजेट विनियोजन गरिएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमका सात जिल्लाका फुड पार्कका लागि बजेट विनियोजन भएकाले निर्माण कार्य थालिने जानकारी दिए ।

,orning glory badhai
dirghayi clinic

‘सुदूरपश्चिमका सात जिल्लाका खाद्यान्न लगायतका उत्पादन संकलन गर्ने र त्यहींबाट डेलिभगरी गर्ने गरी चुरे गाउँपालिकामा फुड पार्क बनाउने योजना ल्याएका छौ’ कञ्चनपुर उद्योग बािणज्य संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले भने,‘त्यसका लागि बजेट छुट्याइएको छ, गाउँपालिकासित सहकार्य गरी काम अघि बढाउँछौ ।’

मन्त्री भण्डारीले स्थानीय उत्पादनको बजारीकरण र किसानका उत्पादनका सहज बिक्री वितरणका लागि फुड पार्क बनाउन लागेको हो ।

मन्त्री भण्डारीले छेला औद्योगिक क्षेत्र सञ्चालन, कैलालीको हरैया विशेष क्षेत्र सञ्चालनका लागि प्राथमिकता दिएर कार्य थालिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...