ghar sansar

१० औं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि कञ्चनपुरमा एकै जनाले चार÷चार खेलका खेलाडी छनौट गर्दै

little buddha academy
khasi

महेन्द्रनगर । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि कञ्चनपुरबाट सहभागी हुने खेलाडी छनौट गर्न थालिएको छ । कञ्चनपुर जिल्ला खेलकूद विकास समितिले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न थालेको हो ।

जिल्ला खेलकूद विकास समितिले समितिका पदाधिकारीलाई खेलाडी छनौटको जिम्मा दिएको छ । अध्यक्ष कुँबर खड्का बाहेकका पदाधिकारी सदस्य खेलाडी छनौटका संयोजक भएका छन् ।

,orning glory badhai

अध्यक्ष खड्काले हस्ताक्षर गरेको संयोजक र छनौट स्थान सहितको विवरण बाहिर आएका छन् । खेलकूद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरी सहित चार सदस्यले खेलाडी छनौट गर्ने जिम्मा पाएका छन् । उनीहरुमध्ये सबैले चार÷चार खेलका खेलाडी छनौट गर्दै छन् ।

समितिका उपाध्यक्ष गिरी सहित सदस्य धन बहादुर महता, दुर्गादेबी भट्ट, फुलकुमारी राना, सुरेन्द्र शाही, प्रकाश राना र विष्णु जैसीले खेलाडी छनौट गर्ने जिम्मा पाएका हुन् । उनीहरु सबै समान चार÷चार खेलका खेलाडी छनौट गर्ने जिम्मा पाएका छन् ।

समितिका उपाध्यक्ष गिरीलाई भलिबल, ब्याडमिन्टन, तेक्वान्दो र कुस्तीका खेलाडी छनौटको जिम्मा पाएका छन् । समिति सदस्य महतालाई फुटबल, एथेक्टिक्स, खो खो र रग्बीका खेलाडी छनौट गर्ने जिम्मा दिइएको छ ।

सुटिङ्ग,शारीरिक संगठन, जिमनास्टिक र साइकिलिङ्ग खेलाडी भट्टले छनौट गरि रहेकी छन् । फूलकुमारी रानालाई उसु, भारोत्तोलन, आर्चरी र पौडीका खेलाडी छनौट जिम्मेवारी पाएकी छन् । शाहीले क्रिकेट, कबड्डी, आई.टि.एफ. र हक्की खेलाडी छनौट गर्दैछन् ।

dirghayi clinic

रानाले ह्याण्डबल, टेबुल टेनिस, बुद्धिचाल र बास्केटबलका खेलाडी छनौट गर्ने जिम्मा पाएका छन् । यसैगरी विष्णु जैसीले बक्सिङ्ग, कराँते, जुडो र फुल कन्टयाक्ट कराँतेका खेलाडी छनौट गर्ने भएका छन् । कबर्ड हल, खुला मञ्च र अमिटी कलेज लगायतका स्थानमा खेलाडी छनौट थालिएको छ ।

जिल्लाबाट छनौट भएका खेलाडी सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी भएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका हुन् ।

जिल्ला खेलकूद विकास समितिका पदाधिकारी र सदस्यले भागबण्डा गरी खेल छनौट समिति संयोजक तोकिएका हुन् ।

एकै जनालाई चार÷चार खेलका खेलाडी छनौट गर्ने जिम्मा दिएपछि खेलाडी र प्रशिक्षक आश्चर्यमा परेका छन् । खेलाडी छनौट गर्ने संयोजक अधिकाँश गैर खेलाडी हुन् ।

राष्ट्रिय खेलकूद परिषद्ले आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा १० राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न लागेको हो । त्यस अघि विभिन्न ६ खेलको प्रतियोगिता भने कार्तक २७ गतेदेखि नै सुरु गर्ने तयारी छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४१९ प्रतिस्पर्धा हुने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...