

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले महेन्द्रनगर बजारमा अनुगमननलाई निरन्तरता दिएकी छन् । तिहार र छठलाई मध्यनजर गरी उप मेयर जोशीले बिहीबादरेखि बजार क्षेत्रमा अनुगमन सुरु गरेकी हुन् ।

बिहीबार बजार क्षेत्रका मिठाई र माछा पसलमा अनुगमन गरिएको थियो । उप मेयर जोशीले शुक्रबार महेन्द्रनगर बजार गल्ली नं. १ का मिठाई र किराना पसल अनुगमन गरेकी छन् ।

अनुगमनमा भीमदत्तका प्रशासकीय अधिकृत सुवास अधिकारी, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत ज्योती कुमारी बोहरा,प्रदेश उपभोक्तहित संरक्षण समितिका उपाध्यक्ष प्रभुनिधी पन्त, पशु चिकित्सक डा. दिनेश पन्त, उद्योग वाणिज्य संघका उपाध्यक्ष धर्म सिह रावल, वडा प्रहरी कार्यालयका इन्चार्ज सन्तोस खनाल सहभागी भएका छन् ।
टोलीले व्यवसाय दर्ता गरे नगरेको,नविकरण भए नभएको र सरसफाई म्याद नाघेका सामाग्री लगायतको अनुगमन गरिएको नगर उप मेयर लेखक जोशीका स्वकीय पार्वती सिंहले बताइन् ।
