ghar sansar

गोबरैयामा सकिएको रामलिलाको पत्रकार सम्मेलन गरी खर्च विवरण सार्वजनिक

khasi

महेन्द्रनगर । निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले गोबरैयास्थित निङ्गलाशैनी मन्दिरमा आयोजना गरेको रामलिलाको खर्च विवरण सार्वजनिक गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी रामलिलामा भएको आय र व्यय विवतरण सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष एबम् रामलिला मूल आयोजक समितिका संयोजक निरञ्जन प्रसाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा समितिका कोषाध्यक्ष लोक बहादुर चन्दले खर्च विवरण प्रस्तुत गरे । समितिले असोज २८ देखि कार्तिक १० गतेसम्म रामलिला महोत्सव आयोजना गरेको थियो ।

ratnam

समितिले रामलिला सकिए लगत्तै पत्रकार सम्मेलन गरी खर्च विवरण सार्वजनिक गरेको छ । समितिले रामलिलाका लागि सरकारी तथा गैर सरकारी निकाय, सहकारी, व्यक्ति लगायतबाट १३ लाख ९३ हजार ८ सय ५१ रुपैँया आम्दानी गरेको छ ।

रामलिलामा श्रद्धालुबाट सबैभन्दा बढी सहयोग रकम आम्दानी भएको छ । सार्वजनिक खर्च विवरण अनुसार श्रद्धालुबाट ५ लाख ७८ हजार आम्दानी भएको छ ।

भीमदत्त नगरपालिकाले रामलिलाका लागि दुई लाख सहयोग गरेको छ । भीमदत्त नगरपालिका वडा नं. ६ ले एक लाख, वडा नं. १८ र वडा नं. १५ ले ५०÷५० हजार सहयोग गरेका छन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाले २० हजार र बेदकोट नगरपालिकाले रामलिलालाई १० हजार सहयोग गुरेको छ । कञ्चनपुर निर्माण व्यवसायी संघले ५१ हजार १ सय ११, निङ्गलाशैनी माध्यमिक विद्यालय १५ हजार र निङ्गलाशैनी सहकारी १५ हजार सहयोग गरेको छ ।

रामलिला समितिले मञ्च टेन्ट तथा साउण्डमा दुई लाख, हरमोनियम उस्ताद पारिश्रमिकमा ८० हजार, पुरानो बाजा मर्मत १३ हजार, नयाँ हारमोनियम र तबला खरिद ४९ हजार २ सय, रामलिला सामाग्री खरिद ८७ हजार लगायतमा खर्च गरेको छ ।

रामलिलाबाट समितिलाई ३ लाख ४२ हजार ८ सय ७४ रुपैँया बचेको छ । पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव पदमराज भट्टले यस पटक रामलिला विगतको तुलनामा धेरै राम्रो भएको बताए ।

समितिले २०७१ सालदेखि गोबरैयामा रामलिला आयोजना गर्दै आएको छ । एकदमै राम्रो भयो, विगतको तुलनामा निकै राम्रो भयो’ उनले भने ।

समितिले रामलिलामा पात्रहरुलाई दिइएको पुरस्कार रकम भपाई गरी प्रदान गरिएको छ । रामलिलाका दर्शकहरुले विभिन्न पात्रहरुलाई १ लाख बढी पुरस्कार दिएका थिए । पात्रहरुमा सबैभन्दा बढी रामको पात्रलाई १४ हजार ८ सय ५० रुपैँया दिइएको थियो ।

समितिका अध्यक्ष भट्टले रामलिला अवधिमा सहयोग गर्ने सबैमा धन्यवाद दिँदै आगामी दिनमा रामलिला आयोजनालाई निरन्तरता दिइने बताए ।

समितिका सदस्य भानदेब भट्टले कार्यक्रम सञ्चालन गरे । भट्टले रामलिलामा रावणको भूमिका निर्वाह गरेका थिए ।

पत्रकार सम्मेलनमा समितिका सल्लाहकारहरु गणेश बहादुर चन्द, तेज बहादुर चन्द, निङ्गलाशैनी भगवति समितिका अध्यक्ष करबीर सिह भण्डारी, महेश चन्द लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...