ghar sansar

अर्को घाट बनाएर छठ मनाइदै

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली सिँचाईको नहरमा छठ मनाउन घाट बनाउन थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वर्षौदेखि घाट बनाउँदै आएको स्थानमा पुल बनाएपछि पुल नजिक नहर किनारमा घाट बनाउन थालिएको हो । बुधबार मधेसी समुदायका अगुवा रामसोगारथ ठाकुर सहित घाट निर्माणमा व्यस्त भएका छन् ।

dirghayi clinic

घाट बनाउन मधेसी समुदायले भीमदत्त नगरपालिकासित आग्रह गरेका थिए । त्यसका लागि ठाकुर आफंै नगरपालिका पुगेका थिए । घाट बनाएपछि त्यसमा श्रृङ्गारपटार गरिने ठाकुरले बताए ।

ठाकुरले विगतका वर्षझै छठ मनाउने तयारी भईरहेको बताए । बिहीबारदेखि सुरु हुने छठ शुक्रबार समापन हुनेछ । सरकारले बिहीबार छठ पर्वको सार्वजनिक विदा दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...