ghar sansar

त्रिपुरासुन्दरी भगवती जात्राका लागि दशरथ चन्द नपाले दियो आइतबार सार्वजनिक विदा

khasi

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिकाले आईतबार जात्राका लागि सार्वजनिक बिदा दिइएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले कार्तिक २५ गते (आईतवार) स्थानीय सार्वजनिक बिदा दिएको हो ।

dirghayi clinic

नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक बिदा दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बिष्टले जानकारी दिए ।

ratnam

हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्न हजारौं दर्शनार्थीको घुइँचो हुने गर्दछ। त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...