ghar sansar

भीनपा ६ को उप निर्वाचनमा एमाले उम्मेदवार बहादुर चन्दलाई जिताउन शिक्षकहरुलाई पूर्व मन्त्री रावलको आग्रह

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा एमाले उम्मेदवार बहादुर चन्दलाई जिताउन शिक्षकहरुलाई सहयोगको आग्रह गरेका छन् ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री रावलले शिक्षकहरुले नै आफूलाई मुख्यमन्त्री बनाएको र उप निर्वाचनलाई साथ दिएर अध्यक्ष बनाउने विश्वास व्यक्त गरे ।

ratnam

‘मैले कुनै बेला नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य भएर काम गरे, त्यो बेलामा शिक्षक संगठनमा बस्नु भनेको अपराध हुन्थ्यो, एबै दिन ९० शिक्षक सरुवा भएका थिए, शिक्षकमाथि दमन थियो’ कार्यक्रममा पूर्व मुख्यमन्त्री रावलले भने,‘तपाई शिक्षकहरुले नै मलाई पूर्व मुख्यमन्त्री बनाउनु भयो, अहिले बहादुर चन्द बहादुरीका साथ रिटायर्ड लाइफपछि अर्र्कै एउटा अर्कै अभियानमा लाग्नु भएको छ, ६ नम्बरमा वहाँले बहादुर देखाउनु पर्ने छ, एउटालाई मुख्यमन्त्री बनाउनु भयो, अब वहाँलाई साथ दिनु होस, म सबैलाई आव्हान गर्छु ।’

भीमदत्त नगरपालिका ६ को उप निर्वाचनका उम्मेदवार चन्द र पूर्व मुख्यमन्त्री रावल दुबैले ५० को दशकमा शान्ति निकेतन माध्यमिक विद्यालयमा शिक्षण गरेका थिए । २०५४ को स्थानीय निकाय निर्वाचनपछि रावल शिक्षण पेशा छाडेर पूर्णकालिन राजनीतिमा आएका हुन् । शिक्षणमा हुँदा रावल नेपाल राष्ट्रिय शिक्षक संगठनमा सदस्य भएर काम गरेका थिए ।

dirghayi clinic

पूर्व मुख्यमन्त्री रावलले २०३५ र त्यस अघि संगठनमा लागेर काम गर्न चुनौती पूर्ण भएको सम्झना गर्दै शिक्षकले दमन र प्रतिशोधको सामना गर्न पर्ने बाध्यता भएको उल्लेख गरे ।

पूर्व मुख्यमन्त्री रावलले विदेशबाट आएको केही गलत नियत भएका व्यक्तिका कारण सहकारी संस्था बदनाम भएको उल्लेख गरे । ‘विदेशबाट पालिएका पोसिएकाहरुको कारण सहकारी बदनाम छन्, यसबाट जोगिन आवश्यक छ’ उनले भने ।

शिक्षक हित सहकारीलाई सामाजिक उत्तरदायित्व बढाउन पूर्व मुख्यमन्त्री रावलले सुझाव दिए ।

गरीब र विपन्न परिवारका सन्तानको पठनपाठनको जिम्मा सहकारीले लिनु पर्ने, सहकारीका कामकाजलाई पेपरलेस बनाउनु पर्ने र नव प्रवर्तनका कार्यक्रम सञ्चालन गर्न पर्ने रावलको भनाई थियो ।

पूर्व मुख्यमन्त्री रावलले सहकारीलाई जिल्लाका सबै विद्यालयमा गएर विद्यार्थीहरुका खाता खोल्नु पर्ने सुझाव दिए ।

Himal dental
सम्बन्धित
Loading...