ghar sansar

खाद्यमा धमाधम धान बिक्री, १५ हजार क्विन्टल धान खरिद गर्दै

little buddha academy
khasi

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. महेन्द्रनगरले आइतबारसम्म एक हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले कार्तिक १२ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो ।

यस वर्ष कम्पनीले १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष पनि धान खरिदको यहीं लक्ष्य राखिएको थियो । गत वर्ष लक्ष्य भन्दा तेब्बर कम तीन हजार क्विन्टल धान खरिद गरिएको थियो ।

,orning glory badhai

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि. महेन्द्रनगरका कार्यालय प्रमुख सुदर्शन थापाले हालसम्म दैनिक औसतमा एक सय क्विन्टन धान खरिद भई रहेको जानकारी दिए ।

‘१५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ, त्यस अनुसार कार्तिक १२ गतेदेखि खरिद गरि रहेका छौ’ उनले भने,‘अहिले दैनिक औसत एक सय क्विन्टन धान खरिद भई रहेको छ, लक्ष्य अनुसार खरिद हुने आश राखेका छौ ।’

अहिले कम्पनीको कार्यालय महेन्द्रनगर र शुक्लाफाँटा डिपोमा धान खरिद भई रहेको छ । केही दिनपछि बेदकोट डिपो सञ्चालन भएर खरिद हुनेछ ।

गत वर्ष लक्ष्य भन्दा कम धान खरिद भएपछि यस वर्ष बेदकोट र शुक्लाफाँटामा डिपो राखिएको हो । बेदकोट डिपोमा दुई सय क्विन्टल धान खरिद गरिएको छ ।

सरकारले धानको समर्थन मूल्य तीन हजार चार सय १० रुपैँया ५१ पैसा निर्धारण गरेको छ । कम्पनीले सफा, माटो नलागेको र पोकडा नभएको धान खरिद गरि रहेको छ ।

कार्यालयमा हालसम्म भीमदत्त नगरपालिकाका किसानले मात्रै धान बिक्री गरेका छन् । कम्पनीले १० क्विन्टल भन्दा बढी धान खरिदका लागि वडा कार्यालयको सिफारिश अनिवार्य गरेको छ । गत वर्षदेखि वडा कार्यालयको सिफारिश अनिवार्य गरिएको थियो ।

dirghayi clinic

कम्पनीका कार्यालयका प्रमुख थापाले व्यापारीले पनि धान किनेर कम्पनीमा बेच्न ल्याउन सक्ने भएकाले वडा कार्यालयको सिफारिश अनिवार्य गरिएको बताए ।

‘व्यापारी पनि धान बेच्न आउन सक्छन्, यो धान किसानको हो कि होइन भनेर पहिचान गर्नका लागि सिफारिश चाहिएको हो’ कार्यालय प्रमुख थापाले भने ।

यस वर्ष कम्पनीले किसानलाई धान बिक्रीमा थप केही सुविधा दिएको छ । यस वर्ष कम्पनी आफैंले धान नापजोख खर्च व्यहोर्न भएको छ । गत वर्षसम्म यो खर्च किसान आफैंले व्यहोर्न पर्ने थियो ।

कम्पनीले धान खरिद गर्दा आफूहरुलाई सहज भएको किसानहरुले बताए । भीमदत्त नगरपालिका ७ हल्दुखालका देब सिह भण्डारीले किसानको मिहिनेत अनुसार मूल्य नपाए पनि बाहिर बिक्री भन्दा राम्रो र सहज भएको बताए ।

‘गाउँमा बेच्दा यति मूल्य त पाइदैन, तर यो मूल्य पनि मिहिनेत अनुसारको त होइन’ उनले भने,‘बाहिर बेच्न भन्दा यहाँ ल्याएर बेच्दा सहज भएको छ ।’

भण्डारीले ५ क्विन्टल धान बिक्री गरेको बताए । गत वर्षसम्म उनले १२ क्विन्टल धान बिक्री गर्दै आएका थिए । ‘उत्पादन नै कम भयो, धानको बिचमा किरा लाग्यो, त्यसले उत्पादन नै भएन’ उनले भने ।

कार्यालयले लक्ष्य अनुसार धान खरिदका लागि सार्वजनि विदा र शनिबारका दिन पनि कार्यालय सञ्चालन गरि रहेको छ ।

‘सार्वजनिक विदा, शनिबारका दिन पनि धान खरिद हुन्छ, धान खरिदको लक्ष्य पुगाउन त्यसै अनुसार धान खरिद गर्छाै’ कार्यालय प्रमुख थापाले भने,‘धान खरिद यहीं मितिमा स्थगित हुन्छ भन्ने अहिले केही छैन ।’

कम्पनीले धान खरिद गरेपछि व्यापारीले पनि किसानलाई दिने मूल्य बढाएका छन् । शुक्लाफाँटा नगरपालिकाले किसानले दुई हजार ९ सय रुपैँया क्विन्टलका दरले बिक्री गर्दै आएकोमा कम्पनीको डिपो राखिएपछि तीन हजार एक सयदेखि तीन हजार दुई सम्ममा बिक्री हुन थालेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...