

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लिलाराज अधिकारी मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
निर्वाचन आयोगल स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम उप निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको हो । भीमदत्त नगरपालिका ६ सहित देशभर ४४ रिक्त पदमा मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।

आयोगले सुदूरपश्चिममा उप निर्वाचन हुने बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी र दार्चुलामा पुष्पराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ।
बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुन लागेको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भने उपाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यता कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ। १३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ ।
कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ।
