

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानबाट लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले तीन युवती सहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भीनपा १८ का घनश्याम उराउ, सोही ठाउँका रबिन गिरी, भीनपा १९ की लक्ष्मी राना, सुनिता राना र मनिशा रानालाई पक्राउ गरिएको छ। उनीहरुबाट लुकाई छिपाई गरी राखेको १.३४ग्राम खैरो हिरोईन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।
