ghar sansar

पत्रकार विवशलाई उदयदेबको सहकारी पत्रकारिता पुरस्कार

khasi

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले पत्रकार रनि विवशलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सहकारीको २६ औं वार्षिक साधारण सभामा पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा भूमिका निर्वाह गरेको भन्दै पुरस्कार प्रदान गरिएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष नारा जोशीले पत्रकार विवशलाई दोसल्ला ओढाएर नगद ११ हजार पुरस्कार प्रदान गरिन् ।

ratnam

उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश चन्दले हरेक साधारण सभामा एक पत्रकारलाई पुरस्कार दिने कार्यक्रम अनुरुप यस पटक पत्रकार विवशलाई पुरस्कार वितरण गरेको बताए ।

पत्रकार विवश आजको नयाँ विकल्प दैनिकका सम्पादक छन् ।

Himal dental
सम्बन्धित
Loading...