ghar sansar

एनडी प्रकाश स्मृति प्रतिष्ठानले जेठमै गरेको थियो निर्माणाधिन भवन नगर विकास समितिलाई बुझाउने निर्णय

khasi

महेन्द्रनगर । एनडी प्रकाश स्मृति प्रतिष्ठानले आफ्नो निर्माणाधिन भवन भीमदत्त नगर विकास समितिलाई बुझाउने निर्णय गरेको भेटिएको छ । समितिले भीमदत्त नगर विकास समितिको जग्गामा प्रतिष्ठानको भवन बनाएको छ ।

भीमदत्त नगरपालिकाले प्रतिष्ठानलाई नगर विकास समितिको जग्गामा निर्माण संरचना नगरपालिकाले जिम्मा लिने पत्र पठाएपछि गत जेठ २ गते बसेको प्रतिष्ठानको बैठकले निर्माणाधिन भवन नगर विकास समितिलाई बुझाउने निर्णय गरेको हो ।

ratnam
dirghayi clinic

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले प्रतिष्ठानलाई पत्र पठाएका छन् । नगरपालिकाको बैठकपछि प्रतिष्ठानका अध्यक्ष ईश्वर प्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले भवन समितिलाई बुझाउने निर्णय गरेको थियो । प्रतिष्ठानले भवन निर्माणका लागि पछि नगर विकाससित कानुनी प्रक्रियाका लागि पहल गर्ने निर्णय गरेको निर्णय पुस्तिकामा उल्लेख गरिएको छ ।

भीमदत्त नगरपालिकाले कानुनी प्रक्रिया पूरा नगरी नगर विकास समितिको जग्गामा निर्माण गरिएका संरचना खाली गर्न थालेपछि प्रतिष्ठानलाई पत्राचार गरिएको हो । नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर विकास समितिको जग्गामा निर्माण गरिएका संरचना भत्काउने अभियान सुरु गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...