


महेन्द्रनगर । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ मुडाप निवासी किशोर सिह भाट २० दिनदेखि बेपत्ता भएका छन् ।
भाटलाई भारतको बैङ्गलोर देखि गोवा आउने क्रममा बस कण्डकटरसंग विवाद भएपछि बीचबाटोमा छाडेको र त्यसपछि उनी सम्पर्कमा नआएको परिवारका सदस्यले बताएका छन् ।
२० दिनदेखि भाट सम्पर्कमा नआएपछि परिवार र आफन्तजन चिन्तित बनेका छन् । उनलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा +918286798295 नम्बरमा सम्पर्क गरि दिनहुन उनका आफन्त भान सिह भाटले आग्रह गरेका छन् ।
