ghar sansar

गड्डाचौकीमा के हेरेर बस्छ प्रहरी, कहाँबाट आउँछ समात्नु पर्ने समान

khasi

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले १८ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ । महेन्द्रनगर र गड्डाचौकी क्षेत्रबाट उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार भन्सार छली गरेर भित्र्याइएको जुत्ता, चप्पल, कपडा, सुर्ती, सुपारी, चक्लेट, दाल, तेल र चिनी तथा हार्डवेयरका सामान बरामद गरिएको हो ।

उक्त सामान ढुवानी गर्ने मिनिट्रक गाडी समेत बरामद गरी आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको उनले बताए । उक्त सामानको मूल्य १८ लाख ९२ हजार ४ सय ८० हुने प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...