

महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुरका नव निर्वाचित अध्यक्ष दया कृष्ण जोशीको अध्यक्षतामा बसेको पूर्ण बैठकले समितिका पदाधिकारी एवम् सदस्यको चयन गरेको छ ।
बैठकबाट पदाधिकाीमा उपाध्यक्ष ई धन सिंह बडाल तथा हरि रावल, महासचिव प्रेम सिंह भाट, सचिव ईश्वरी दत्त जोशी , सङ्गठन सचिव पवन पनेरु , प्रशिक्षण बिभाग प्रमुख केशव राज पन्त , सोसल मिडिया प्रमुख प्रेम सिंह ऐर चयन भएका छन् ।

यसै गरि सल्लाहकारमा बरिष्ठ अधिवक्ता पुर्ण बहादुर चन्द, शिबराज जोशी , प्रकाश कलौनी मनोनयन गरिएको छ । समितिको अन्य प्रभारीमा गणेश देव भट्ट ईन्जनियरिङ्ग , श्याम राज बिष्ट सन्चार , राधेश्याम भट्ट अतिथी सत्कार , पदम राज भट्ट जेल , गोपाल चन्द लेखा प्रभारी चयन गरिएको हो ।
पतञ्जली योग समितिका बर्ष गुरु गणेश चन्दको प्रमुख अतिथिमा सम्पन्न बैठकमा पतन्जली नेपालका केन्द्रिय सदस्य लब राज भट्ट महिला पतन्जली अध्यक्ष कमला पाण्डेय, प्रदेश सदस्य नारायण पन्त लगायत सहभागी भए ।
योग र आयुर्वेदको प्रचार प्रसार गरी हरेक मानवको ब्याक्तित्व बिकास संगै शारिरिक एवं मानसिक स्वस्थताका लागि समितिले कार्यक्रम गर्र्दै आएको छ ।
