

महेन्द्रनगर । योग विज्ञान एबम् आयुर्वेदको प्रचारप्रसार गरी हरेक नागरिकलाई आफ्नो व्यक्तित्व विकाससंगै शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्न पतञ्जली योग समिति अन्र्तगत भीमदत्त नगरपालिकाका नगर समिति गठन गरिएको छ।

जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने क्रममा भीमदत्तमा पतञ्जलीको नगर समिति गठन गरिएको छ ।

योग प्रशिक्षक जनक बोहराको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुरेन्द्र प्रसाद पन्त, महा सचिव महेश चन्द , सचिव शंकर भट्ट, संगठन सचिव चन्द्र कान्त पनेरु, कोषाध्यक्ष भोज राज भट्ट , प्रशिक्षण प्रमुख मनोज बडु,सदस्य भवान सिंह बिष्ट, सल्लाहकारमा करबिर भण्डारी र गणेश दत्त भट्ट चयन भएका छन् ।
कार्यक्रममा पतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी , उपाध्यक्ष धन सिंह बडाल, महा सचिव प्रेम सिंह भाट, मिडिया प्रभारी प्रेम सिंह ऐर, सल्लाहकार राधेश्याम भट्ट, शिवराज भट्ट, ई प्रभारी गणेश देव भट्ट लगायत सहभागी भएका छन् ।
