ghar sansar

भीमदत्त ६ उप निर्वाचन : मतदान सुरु, १० बजेसम्म खस्यो एक हजार मत

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार विहान १० बजेसम्म एक हजार खसेको छ ।

शान्ति निकेतन माध्यमिक विद्यालयमा मतदान स्थल राखिएको छ । उप निर्वाचनमा १० राजनीतिक दल र दुई स्वतन्त्र गरी १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ratnam

dirghayi clinic

एमाले उम्मेदवार बहादुर चन्दले विहान सबैभन्दा पहिले मतदान गरे । यसैगरी काँग्रेस उम्मेदवार प्रकाश चन्द, माओवादी केन्द्रका नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपाका सुशिल कुमार भट्ट, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक लगायतले मतदान गरेका छन् ।

२०७९ को निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनका लागि ६ नम्बर वडामा ५ हजार ४ सय ३४ मतदाता छन् ।

  

तस्बिरहरु : डिल्लीराज पन्त

Himal dental
सम्बन्धित
Loading...