

महेन्द्रनगर । भीमदत्त ६ उप निर्वाचनमा अहिलेसम्म १७८३ मत खसेको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको छ । शान्ति निकेतन माध्यमिक विद्यालयमा मतदान स्थल राखिएको छ । उप निर्वाचनमा १० राजनीतिक दल र दुई स्वतन्त्र गरी १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२०७९ को निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनका लागि ६ नम्बर वडामा ५ हजार ४ सय ३४ मतदाता छन् ।

यसैबीच ८७ वर्षिया धनादेबी भट्टले मतदान गरेकी छन् । अपाङ्गता भएका भएकी उनले ह्वेलचेयरमा गएर मतदान गरेकी हुन् ।
