ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघले १७ औं निर्माण दिवसमा महिला तथा वृद्ध सेवा केन्द्रलाई गर्यो खाद्यान्न सहयोग

khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले भीमदत्त नगरपापलिका ५ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ । संघले १७ औं निर्माण दिवसको अवसरमा शनिबार विहान चामल, दाल लगायतका खाद्यान्न सहयोग गरेको छ ।

dirghayi clinic

यस वर्ष गुुणस्तरीय निर्माण, हाम्रो प्रतिवद्धता भन्ने नारा राखिएको छ । संघले विहान दिवसको अवसर पारी बजारमा प्रभातफेरिी गरेको छ । संघको कार्यालयबाट सुरु प्रभातफेरी बजार परिक्रमा गरी संघमा पुगेर समापन गरिएको छ । प्रभातफेरिपछि वनेखतमा खाद्यान्न वितरण गरिएको छ ।

नेपाल निर्माण् व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट, निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्ट लगायतका संघका पदाधिकारी, सदस्य कार्यक्रममा सहभागी भएका छन् ।

संघको कार्यालयमा राष्ट्रिय झण्डात्तोलन गरिएको छ । साँझ संघको कार्यालयमा दिपावली गरिने अध्यक्ष भट्टले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...