ghar sansar

पेशागत महासंघ दोधारा चाँदनी नगर अध्यक्षमा वकिल वस्नेत चयन

khasi

महेन्द्रनगर । पेशागत महासंघ दोधारा चाँदनी नगर अध्यक्षमा वकिल वस्नेत चयन भएका छन् । पेशागत महासंघ दोधारा चाँदनी नगरको प्रथम अधिवेशनबाट शनिबार वस्नेतको अध्यक्षमा नगर समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा जय बहादुर लिम्बु, गीता कुमारी रावत, सचिव छविलाल भण्डारी, कोषाध्यक्ष भूमिसरा सुनार, सह सचिव रमेश वस्नेत, सदस्यहरुमा डम्बरा ऐरी, तारा प्रसाद जोशी, बबिता वस्नेत, मोहन चन्द र बिमला पन्त खड्का चयन भएका छन् ।

dirghayi clinic

पेशागत महासंघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा पेशागत महासंघ राष्ट्रिय समिति सदस्य बैतडी दार्चुला इन्चार्ज गंगादत्त जोशी प्रमुख अतिथि थिए । कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहकार परिषद् सदस्य टंकलाल जोशी विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा एमाले कञ्चनपुरका उप सचिव राजीब खड्का, पेशागत महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्ट, महासंघका कञ्चनपुर उपाध्यक्ष हर्क बहादुर चन्द, सचिव तिलक प्रसाद जोशी, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द, दोधारा चाँदनी नगरपालिका ३ का वडा अध्यक्ष हरि सिह धनाडी, वडा नं. २ का अध्यक्ष पदम रावल, वडा नं. ९ का अध्यक्ष गोपी प्रसाद कँडेल, सेवा निवृत्त राष्ट्र सेवक संघ कञ्चनपुरका अध्यक्ष शेर सिह कार्की लगायतका सहभागी भएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा कार्यक्रम गरिएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...