ghar sansar

सहयात्री सहकारीको अध्यक्षमा अवस्थी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भासीस्थित सहयात्री बहुमुखी सहकारी संस्था लि. को अध्यक्षमा दुर्गा प्रसाद अवस्थी चयन भएका छन् । सहकारीको १६ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनबाट अवस्थीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्षमा सरस्वती भाट धामी, सचिव टेकराज बोहरा, कोषाध्यक्षमा ज्ञानु ऐर, सदस्यहरुमा भावना दाहाल, झेलुराम डगौरा, द्रोपति पन्त, कमल प्रकाश जोशी, कमला विष्ट, शान्ती देवी ऐर, उमेश डगौरा चयन भएका छन् ।

ratnam

सहकारीका निवर्तमान अध्यक्ष हरि कृष्ण जोशीको अध्यक्षतामा साधारण सभा उद्घाटन कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती प्रमुख र भीमदत्त नगरपालिकाक उप मेयर निलम लेखक जोशी विशिष्ठ अतिथि थिइन् । ४५ जना शेयर सदस्यले २०६५ मा स्थापना गरेको सहकारीमा हाल ७ सय ६७ जना शेयर सदस्य भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...