

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा श्रबण देउवा निर्विरोध निर्वाचित भएका छन्। उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले देउवा निर्वाचित भएको आधिकारीक घोषणा गर्न भने बाँकी नै छ ।

यस्तै महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शंकर बोहरा पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यमा जनजातितर्फ सुधराम दहित र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका छन् ।
