ghar sansar

प्याब्सन बेदकोट नगर अध्यक्षमा भाट, सचिवमा पन्त

khasi

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) बेदकोट नगर समितिको अध्यक्षमा हरिन्द्र बहादुर भाट चयन भएका छन् ।
प्याब्सन बेदकोट नगर समितिको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट भाटको अध्यक्षतामा नगर समिति चयन गरिएको छ । समितिको सचिवमा भोजराज पन्त र कोषाध्यक्ष टेक बहादुर चन्द चयन गरिएका छन् । नगर समितिमा हर सिंह खत्री, गणेश दत्त अवस्थी लगायत सदस्य भएका छन् ।

ratnam

नगर समितिका निवर्तमान अध्यक्ष देवराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा प्याब्सन पूर्व केन्द्रिय उपाध्यक्ष प्रेम चन्द, जिल्ला सचिव राकेश बहादुर चन्द विशिष्ठ अतिथि थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन जिल्ला अध्यक्ष भट्टले अधिवेशन उद्घाटन गरे । भोजराज पन्तले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रम सञ्चालन हरेन्द्र भाटले गरेका थिए ।

उद्घाटन सत्रपछि बन्द सत्रबाट नयाँ नगर समिति चयन गरिएको छ । प्याब्सनको कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा अधिवेशन गर्न लागिएको हो । भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकामा यस अघि नगर अधिवेशन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...