ghar sansar

पुनर्वासमा १५ औं रनिङ्ग शिल्ड प्रतियोगिता सुरु , २५ विद्यालयका एक हजार विद्यार्थी सहभागी

khasi

धनबहादुर बिक
पुनर्वास । स्वास्थ्य का लागि खेलकुद , राष्ट्रका लागि खेलकुद नारा सहित गौरी शंकर माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबारदेखि १५ औं रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पुनर्वास नगरपालिकाले आयोजना गरेको १५ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि गौरीशंकर माविमा उद्घाटन गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै संघिय सांसद तारालामा तामाङले खेलकुदले विद्यार्थीको शारीरिक , मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने बताए ।

ratnam

उनले आफू यसै क्षेत्रको नागरिक भएकोले खेलकूदको विकास र खेलाडीलाई सक्दो सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘खेलले स्वास्थ्यमा टेवा पुग्ने मात्र नभई अनुशासन पनि सिकाउँछ, एक आपसमा एकता र सुमधुर सम्बन्ध समेत राख्न मद्दत पुग्दछ’ उनले भने । उनले विकास होस वा खेल क्षेत्र कसैले पनि राजनीति गर्न नहुने बिषयमा जोड दिए ।

कार्यक्रमका सभापति तथा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तह , प्रदेश हुँदै संघिय तह सम्म खेलको माध्यमबाट स्थानीय क्षेत्र लाई राष्ट्रियस्तरसम्म परिचित गराउन मद्दत मिल्ने बताए ।

पुनर्वास नगरपालिकाले सिमित श्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा हाम्रो पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रीय स्तर समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन। यस वर्ष पनि प्रतियोगिता बाट छनौट भएका खेलाडी विद्यार्थी– हरुले जिल्ला, प्रदेश र राष्ट्रीयस्तर या आफ्नो नाम र पालिकाको नाम राख्न सफल हुनेछ भन्ने अपेक्षा राख्दछु नगर प्रमुख तोय प्रसाद शर्माले आफ्नो भनाइमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापाले खेलको माध्यमबाट म राष्ट्र का लागि केही योगदान दिनेछु भन्ने विद्यार्थीहरुलाई अवसर मिल्ने तथा खेलकुद को माध्यमबाट आफ्नो कैरियर बनाउने सुनौलो अवसर समेत रहने बिषयमा उनले जोड दिए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको सफलताको शुभकामना दिए ।

नगर उप प्रमुख भुलिया कुमारी रानाले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गराउन तथा उनीहरूको प्रतिभासंगै पुनर्वासलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हरेक बर्ष झै यस बर्ष पनि नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको बताईन् ।

आफ्नै वडा अन्तर्गत रहेको विद्यालय मा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुन लागेकोमा हर्षित हुदै पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम बहादुर रोकाय ले खेल अवधिभरी अत्यन्तै अनुशासन र सौहार्दपुर्ण वातावरणमा सम्पन्न होस भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

dirghayi clinic

पुस ५ गतेदेखि ७ गतेसम्म आयोजना गरिने उक्त राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पुनर्वासका सामुदायिक तथा निजी माध्यमिक तहका २५ बिद्यालय सहभागी छन् ।

गतबर्ष पुनर्वास नगरपालिका ८ मा रहेको बागिश्वरी माविको खेलमैदान मा सञ्चालन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्ष आफ्नो विद्यालय खेल मैदानमा सञ्चालन गर्न पाउँदा खुसी लागेको गौरीशंकर माविका प्र अ लोकबहादुर थापाले बताए ।

आफ्नो विद्यालयमा प्रतियोगिता आयोजनाका लागि अवसर दिएकोमा उनले नगरपालिकालाई धन्यवाद समेत दिए । प्रतियोगितामा प्रमुख निर्णायक को भुमिका मा रहेका खेल शिक्षक कर्ण बहादुर रोकायाले विद्यार्थीको सर्वांगिण विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई स्थानीय तहले मात्र नभई विद्यालयले समेत प्राथमिकता दिन सुझाव दिए ।

माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्न अवसर प्राप्त हुने अर्का निर्णायक तथा खेल शिक्षक जय बहादुर चन्दले बताए ।

प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, रिले दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका २५ विद्यालयका करिब एक हजार विद्यार्थीले प्रतिस्पर्धामा छन् ।

शुक्रबार भएका खेलमा मार्चपास तर्फ प्रथम गौरीशंकर मावि दित्तिय एस पि एल एकेडेमी मावि र तृतीय पुनर्वास जनता मावि छन् । त्यसैगरी ८०० मिटर छात्र रिले दौड मा जीवन ज्योति मावि ले प्रथम स्थान बागिश्वरी माविले द्वितीय स्थान र जीवन ज्योति माविले नै तृतीय स्थान हासिल गरेका छन । छात्रा रिले दौड ८ सय मिट प्रथम स्थान बागेश्वरी माविले हात पारेको छ भने द्वितीय स्थान जीवन ज्योति माविले नै हात पारेको छ तृतीय स्थान बागेश्वरी माविले प्राप्त गरेको छ ।

यस्तै सर्टफुट छात्रा तर्फ को प्रथम स्थान जीवन ज्योति मावि को रहेको छ द्वितीय स्थान गौरीशंकर मावि ले प्राप्त गरेको छ भने तृतीय स्थान सरस्वती माविले हासिल गरेको छ । छात्र तर्फको सर्टफुट को प्रथम स्थान सरस्वती मावि ले लिएको छ द्वितीय स्थान दुर्गा माविले प्राप्त गरेको छ भने तृतीय स्थान विजय माविले हासिल गरेको छ ।

प्रतियोगि खेलाडी लाई मेडल , प्रमाणपत्र प्रदान गरिने छ भने , प्रतियोगितामा सहभागी विद्यालयलाई नम्बर तथा खेल बिधाको आधारमा शिल्ड पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...