ghar sansar

बाशुलिङ्ग प्रतिष्ठानको चौथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा देबदत्त भट्ट चयन

khasi

महेन्द्रनगर । बाशुलिङ्ग प्रतिष्ठान, भीमदत्त नगरपालिका १५, गोबरैया कञ्चनपुरको चौथो वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष देबदत्त भट्टको अध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको छ ।

साधारण सभा उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पूर्व राज्यमन्त्री मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, भीमदत्तका निवर्तमान नगर प्रमुख सुरेन्द्र बिष्ट, भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन राज भट्टलाई सम्मान गरिएको छ । उनीहरु सबैलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ ।

dirghayi clinic

यसैगरी प्रतिष्ठानका संस्थापक उपाध्यक्ष शेर सिंह ऐरी, विधान मस्यौदा समितिका संयोजक कृष्ण दत्त भट्ट, सदस्य अधिवक्ता प्रकाश बहादुर पाण्डेय, सदस्य हरिभक्त भट्टलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

साधारण सभा तथा अधिवेशनबाट देबदत्त भट्टको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा खेमराज ऐरी, सचिव गणेश सिंह ऐरी, कोषाध्यक्ष विनोद प्रसाद भट्ट चयन भएका छन् । जानकी भट्ट, रत्ना ऐरी, देबकी पाण्डेय भट्ट, जय बहादुर पाण्डेय, श्याम बहादुर थापा, उमेश बहादुर चन्द, करबिर सिंह ऐरी, नन्दराम भट्ट, करुणाकर भट्ट समिति सदस्यमा चयन भएका छन् ।

समितिको सल्लाहकार समिति संयोजक वरिष्ठ अधिवक्ता पुर्ण बहादुर चन्द, सदस्यहरुमा अधिवक्ता प्रकाश बहादुर पाण्डे, कृष्ण दत्त भट्ट, शेर सिंह ऐरी, सन्तोषी ऐरी, हरिभक्त भट्ट, हरिहर पाण्डेय, अशोक कुमार चन्द, रण बहादुर ऐरी, नरोत्तम भट्ट र श्री राम बहादुर बिष्ट छन् ।

    

Himal dental
सम्बन्धित
Loading...