ghar sansar

दोधारा चाँदनीमा बालबालिकाको अपाङ्गता प्रारम्भिक पहिचान सम्बन्धि क्षमता विकास तालिम सुरु

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा बालबालिकाको अपाङ्गताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता विकास तालिम सुरु भएको छ । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले तालिम उद्घाटन गरे ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले तालिम आयोजना गरेको हो । मेयर लिम्बुको प्रमुख आतिथ्यमा गरिएको उद्घाटन कार्यक्रमको अध्यक्षता ८ नम्बर वडाका अध्यक्ष ओमप्रकाश रोकायाले गरे ।

ratnam

तालिममा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका ४२ विद्यालयका प्रधानध्यापक सहभागी भएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका २ का वडा अध्यक्ष पदम बहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र लगायतका सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...