ghar sansar

कञ्चनपुर डिभिजन वन कार्यालयले थाल्यो कृष्णपुरको सरस्वती माविको अवैध रुख कटान छानबिन

khasi

महेन्द्रनगर । डिजिभन वन कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयको अवैध रुख कटान सम्बन्धि छानबनि सुरु गरेको छ । सब डिभिजन वन कार्यालय वाणीले विद्यालयबाट अवैध रुपमा कािटएका रुख बरामद गरेपछि छानबिन थालिएको छ ।

सब डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई छानबनिको जिम्मेवारी दिइएको छ । शाहलाई अनुसन्धान अधिकृत ताकेर छानबिन सुरु गरिएको छ । आइतबार शाहको नेतृत्वमा विद्यालय हाताभित्र अवैध रुपमा कटान गरिएको काठ बरामद गरिएको थियो ।

ratnam

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले रुख कटानको छानबिन सुरु गरिएको बताए । ‘छानबिन सुरु गरिएको छ, त्यसका लागि अनुसन्धान अधिकृत तोकेका छौं’ डिभिजन वन प्रमुख ठाकुरले भने ।

dirghayi clinic

अनुसन्धान सकिएपछि थप प्रक्रिया अघि बढन्े उनले बताए । हालसम्म रुख कटान संलग्न कसैलाई पनि पक्राउ नगरिएको उनको भनाई छ ।

सव डिभिजन वन कार्यालय बाणीका अनुसार विद्यालयमा अवैध रुपमा काटिएका ८६.१३ क्युफिट काठ बरामद गरिएको छ । कार्यालयका अनुसार बरामद गरिएका रुख बररोका छन् । ती सबै रुख रुख कटानको प्रक्रिया पूरा नगरी काटिएको पाइएपछि बरामद गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिले उक्त रुखको जरा समेत नदेखिने गरि डोजर लगाएर पुरै उखालेको भेटिएको सब डिभिजन वन कार्यालय वाणीले जनाएको छ । रुख कहिले काटिएको भने खुल्नमा आएको छैन ।

विद्यालय व्यवस्थापन समितिले पुस अन्तिम सातादेखि हुने रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि विद्यालय परिसरमा सरसफाई गर्न खोजिएको बताएका छन् । समितिले ढलेको रुख अनुमति नलिई कटान गरेको स्वीकार गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...