ghar sansar

ब्रह्मदेबको सिद्धनाथ मन्दिर संरक्षण समितिको १७ औं निर्वाचनमा मतदान सुरु, विहानसम्म डेढ सय मत खस्यो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिको १७ औं कार्य समिति चयनका लागि विहानदेखि मतदान सुरु भएको छ । मन्दिर परिसरको मतदान स्थलमा विहान ८ बजेदेखि मतदान सुरु गरिएको छ ।

समितिका अध्यक्ष नारायण सिह महताका अनुसार विहान १० बजेसम्म डेढ मत खसेको छ । साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान शान्तिपूर्ण रुपमा भई रहेको अध्यक्ष महताले जानकारी दिए ।

ratnam
dirghayi clinic

समितिको अध्यक्षका लागि पूर्व अध्यक्षद्वय केशव सिह नायक र बीर बहादुर खड्का प्रतिस्पर्धी छन् । समितिको उपाध्यक्षका लागि राजमति पाल, हेमराज भट्ट र यज्ञराज नाथ प्रतिस्पर्धामा छन् । सचिवमा मोति सिह महता, मोती सिह बुढा र केशव नाथ योगी, कोषाध्यक्षमा करन सिह पाल र किसन नाथ तथा सह सचिवमा करन सिह कार्की र राधा महता भाट उम्मेदवार छन् ।

६ सदस्यका लागि इन्द्र सिह धामी, निर्मला जोशी पाल, शंकर सिह विष्ट, दल बहादुर रोकामगर, राज बहादुर बुढा, प्रेम सिह नायक, उमादेबी भण्डारी र धनीराम कोली उम्मेदवार भएका छन् ।

समिति निर्वाचनमा ९ सय २८ जनाले मतदान गर्न पाउने छन् । समितिमा पछिल्लो केही वर्षदेखि मतदानबाट समिति चयन हुँदै आएको छ । १६ औं अधिवेशनबाट महता अध्यक्षमा निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...