ghar sansar

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले मनायो १६ औं स्थापना दिवस

khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.तथा महाकाली आर्युवेद औषधालयको संयुक्त आयोजनामा उच्च रक्तचाप तथा मधुमेह रोग निवारणका लागि योग र आर्युवेद बिषयम बहृत गेष्ठी लगायत विभिन्न कार्यक्रम गरि निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १६औं स्थापना दिवस मनाएको छ ।

संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकको सभापतित्व तथा निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम भट्टको प्रमुख अतिथ्यमा सम्पन्न गोष्ठी अवधिमा महाकाली बहुप्राविधिक विद्यालयका विद्यार्थी तथा महाकाली आर्युवेदका वैद्यहरुले मधुमेश तथा उच्च रक्तचाप चेक जाँज गर्ने औषधि समेत वितरण गरिएको छ ।

ratnam

dirghayi clinic

सहकारीकी सञ्चालक भावना के.सी.ले सञ्चालन गरेको कार्यक्रममा प्रबन्धक बविता चन्दब बमले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा तीन सय भन्दा बढी शेयर सदस्य सहभागी भएका छन् ।

स्थापना दिवसको अवसरमा रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान, निङ्गलाशैनी मन्दिर परिषर सरसफाई तथा पूजा अर्चना कार्यक्रम समेत आयोजना गरिएको रेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताए ।

Himal dental
सम्बन्धित
Loading...