

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित इन्द्रेणी कृषि सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
ँसुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा गरिएको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष शिवराज भट्टले गरे । कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तर्कराज विष्ट विशिष्ठ अतिथि थिए ।

साधारण उद्घाटन गर्दै पूर्व मन्त्री खड्काले भने, ‘सरकाले सहकारीलाई देशको तेस्रो अर्थतन्त्रको रुपमा लिएको छ । सहकारीले कति मुनाफा बाँड्यो भन्ने ठुलो कुरा होईन सहकारीले कति जना शेयर सदस्यलाई स्वरोजगार वनायो, कति जनालाइ आत्म निर्भर वनायो ,कति जनालाई व्यवसायिक वनायो त्यो ठुलो कुरा हो , अहिले राज्यको दुई तिहाई जनसंख्या सहकारी संग जोडीएको छ, त्यसैले सहकारीलाइ व्यवस्थीत रुपमा अगाडी लैजानु पर्दछ ।


सहकारीको साधारण सभामा शेयर सदस्यहरु मध्ये वाट असल ऋणि ५ जना, असल वचत कर्ता ५ जना ,संस्थागत वचत तर्फ १ संस्था लाई सम्मन पत्र प्रदान गरेको छ । त्यसै गरी सुन्दरपुरमा रहेको श्री उदयदेव माध्यमिक विद्यालय वाट यस.ईं.ई. मा उत्कृष्ट नतिजा ल्याउने छात्र एक र छात्रा एक लाई नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।
साधारण सभामा सहकारीलाई प्रत्यक्ष ताथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न संघ संस्थालाई समेत कदर पत्र र मायाको चिनो समेत प्रदान गरिएको छ ।
उद्घाटन कार्यक्रममा उदयदेव मावि र चन्द्रदेबल बोर्डिङ्ग स्कुलका विद्यार्थीले साँस्कृतिक प्रस्तुती गरे । यसैगरी डेउडा गायक लाल बहादुर धामी अछामी बड्डो र स्थानीय राना थारुको होरी लगाइत नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
२०६८ भदौ २३ गते ३५ जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल १ हजार ६ सय ५ जना शेयर सदस्य छन् । सहकारीले ३ सय ९ जनालाई सहुलियत ऋण सुविधा उपलब्ध गराइएको सहकारीका अध्यक्ष शिवराज भट्टले बताए ।
कर्यक्रम सञ्चालन सहकारी संस्थाका सचिव पदम सिंह कुवरले गरेको थिए । कार्यक्रममा सहकारीका कार्यालय सहायक गिता पाण्डेय पन्तले स्वागत मन्तव्य राखेकी थिइन् ।
उद्घाटन सत्रमा सहकारीका अध्यक्ष भट्टले वार्षिक प्रगति प्रतिवेदन र व्यवस्थापक लक्ष्मीदत्त भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । बन्द सत्रबाट उद्घाटन सत्रमा प्र्रस्तुत प्रतिवेदन सहित आगामी बजेट र कार्यक्रम पारित गरिएको छ ।

