

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा छातीको समस्या भएपछि अस्पताल भर्ना भएका विरामीको गलत खोप लगाएपछि मृत्यु भएको आफन्तले बताएका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामका ६५ बर्षिय जग्गु भण्डारीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उनलाई छातीमा समस्या देखिएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।


मृतक भण्डारीका आफन्तले उनलाई रेबिज खोप लगाएपछि मृत्यु भएको आरोप लगाएका छन् र्। दोस्रो दिन बिहीबार चिकित्सकले ईसिजीका लागि सिफारिश गरेसंगै भण्डारीको ईसिजी सुई लगाइयो, स्वास्थ्यकर्मीले कुममा दुई सुई लगाई दियो,’ भण्डारीकी बुहारी विनिताले भनिन्,‘५÷१० मिनेटमा यस्तो भयो ।’
आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि कारवाही गर्न माग गरेका छन् । महाकाली अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले आफूले भण्डारीको ईसिजी चेकजाँच मात्रै गरिएको बताए । ‘कार्यकक्षमा धेरै भीडभाड थियो, र्ईसिजी गरेको तर खोप लगाएको मलाई थाह भएन’ उनले भने ।
महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले छातीका बिरामी भण्डारीको मृत्यु रेबिज भ्याक्सिनकै कारणले नभएको बताए ।
‘उहाँ ज्येष्ठ नागरिक भण्डारीको मृत्यु रेबीकै सुई दिएकाले होईन, ‘पहिल्यैदेखि बिरामी भएकाले अन्य कारणले पनि हुनसक्छ, त्यो बारे हामी अध्ययन गर्दैछौँ ।’
