ghar sansar

प्याब्सन कञ्चनपुरको अध्यक्ष महादेब भट्ट

khasi

महेन्द्रनगर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रसाद भट्ट चयन भएका छन् । प्याब्सन कञ्चनपुरको १९ औँ बार्षिक साधारण सभा तथा १५ औँ अधिवेशनबाट भट्टको अध्यक्षमाता सर्वसम्मत नयाँ समिति चयन गरिएको छ । भट्ट निवर्तमान समितिमा उपाध्यक्ष थिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा राकेश बहादुर चन्द, उपाध्यक्ष बालकृष्ण ढकाल, सचिव अक्कल बहादुर रोकाया, कोषाध्यक्ष केशवराज जोशी, सह सचिव नगेन्द्र प्रशाद कलौनी र सह कोषाध्यक्षमा हिमालय कुमार चन्द चयन भएका छन् ।

पदाधिकारीमध्ये कोषाध्यक्षमा जोशी दोहारिएका हुन् । अधिवेशनबाट शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी र देवराज जोशी चयन भएका छन् ।

प्याब्सन केन्द्रीय सल्लाहकार एबम् सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको हो । उद्घाटनपछि बन्द सत्रमा विभिन्न विषयमा छलफल गरी नयाँ समिति चयन गरिएको हो ।

dirghayi clinic

प्याब्सन कञ्चनपुरका निवर्तमान अध्यक्ष अमराज भट्टको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरक कुमार लिम्बु विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा प्रमुख अतिथि चन्द सहित विशिष्ठ अतिथि बोहरा, लिम्बु, प्याब्सन केन्द्रीय सदस्य सिबी चन्द, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द, शिक्षा विकास समन्वय इकाई प्रमुख दशरथ भट्ट, कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मी लगायतले शुभकामना मन्तव्य राखे ।

राकेश चन्दले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान वरिष्ठ उपाध्यक्ष तेज बहादुर चन्दले स्वागत मन्तव्य राखे ।

प्याब्सनमा जिल्लाभरका सय विद्यालय आवद्ध छन् । उद्घाटन कार्यक्रममा प्याब्सन पूर्व केन्द्रीय सदस्य रुद्रराज पनेरु, महाशर्मा न्यौपाने, प्याब्सन सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, उपाध्यक्ष केशवराज भट्ट, कोषाध्यक्ष भवान सिह विष्ट, प्याब्सनका पूर्व अध्यक्ष बसन्त पाण्डेय लगायतका सहभागी भएका छन् ।

उद्घाटन कार्यक्रममा २०८० को एसईईका उत्कृष्ठ इन्टरनेशनलका सोमित कार्की सहितलाई नगद सहित सम्मान गरिएको छ । यसैगरी राष्ट्रिय शिक्षा पदक पाउने इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्द सुदूरपश्चिम प्रदेश सरकार नीति तथा योजना आयोग सदस्य भएकोमा सम्मानका लागि कार्यक्रममा नागरिक अभिनन्दन गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...