

महेन्द्रनगर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १९ औं स्थापना दिवस मनाइएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरले सोमबार स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल बालिकालाई टफी बिस्कुट लगायतका समान वितरण गरिएको छ ।


यसैगरी महेन्द्रनगर बजारको सबैभन्दा पुरानो पुस्तक पसल दुर्गा पुस्तक भण्डारलाई सम्मान गरिएको छ । दुर्गा पुस्तक भण्डारमा कार्यक्रम गरी सञ्चालक राजु बोहरालाई सम्मान गरिएको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरका अध्यक्ष गुणाकर अवस्थी, उपाध्यक्ष नवराज भट्ट, सदस्यहरु विनोद प्रसाद बोकटी र उमेश कुमार जोशी लगायतका सहभागी भएका छन् ।


