ghar sansar

शुक्लाफाँटाको चुरे वन क्षेत्रबाट भरुवा बन्दुक सहित समातिए नेपाल प्रहरीका पूर्व असई

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको चुरे क्षेत्रबाट भरुवा बन्दुक एक जना पक्राउ परेका छन् । शुक्लाफाँटा सव डिभिजन वन कार्यालयले शुक्लाफाँटा ६ का खडक बहादुर खड्कालाई पक्राउ गरेको हो ।

dirghayi clinic

पक्राउ परेका खड्का नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक भएको वन कार्यालयको भनाई छ । सव डिभिजनको टोलीले चुरे क्षेत्रमा जडान गरिएका क्यामेराको निरीक्षणका क्रममा उनलाई पक्राउ गरेको बताइएको छ ।

ratnam

भरुवा बन्दुक सहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले भरुवा बन्दुक सहित पक्राउ परेका खड्कामाथि अनुसन्धान भईरहेको बताए ।

Himal dental
सम्बन्धित
Loading...