ghar sansar

प्रदेश बचत तथा ऋण सहकारी संघको चौथो साधारण सभा, माधव प्रसाद जोशीको अध्यक्षतामा सञ्चालक समिति चयन

khasi

महेन्द्रनगर । प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड सुदूरपश्चिम प्रदेशको चौथो साधारण सभा सोमबार सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित सूर्याेदय बहुउद्देश्यीय सहकारी संस्था स्रोत केन्द्रमा साधारण सभा गरिएको छ।

संघका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा गरिएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापा प्रमुख अतिथि थिए । संघका मोहन बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुरत बहादुर खड्काले स्वागत मन्तव्य राखे ।

ratnam

कार्यक्रममा भीमदत्त नगर सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेल,जिल्ला बचत तथा ऋण सहकारी जिल्ला कञ्चनपुर अध्यक्ष भवानी चन्द लगायतले शुभकामना व्यक्त गरे ।

dirghayi clinic

साधारण सभाको बन्द सत्रमा सचिवले प्रस्तुत वार्षिक प्रगति र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन लगायत प्रस्तावमाथि छलफल गरी पारित गरिएका छन् ।

साधारण सभाबाट माधव प्रसाद जोशीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र सुरत बहादुर बोगटीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ ।

निर्विरोध निर्वाचित समितिका अध्यक्ष जोशी सहित सबैलाई निर्वाचन समितिका अध्यक्ष महेशदत्त भट्टले पद तथा गोपनियताको शपथ ग्रहण गराए । निर्वाचन समितिका अध्यक्ष भट्टले शपथ ग्रहणसंगै प्रमाण पत्र वितरण गरे ।

निर्वाचन समितिमा अध्यक्ष भट्ट तथा भगिरथ पाण्डेय र गिरिश देब भट्ट सदस्य थिए ।

Himal dental
सम्बन्धित
Loading...