ghar sansar

किन गराएन दाहालसित हिमालको परिचय

khasi

महेन्द्रनगर । सबैको परिचय गराउँदा हिमाल चन्दको परिचय गराउन यति गाह्रो किन, जो हिजो जनताबाट अनुमोदन भएको मान्छे हो ।

एमालेका विद्यार्थी नेता नरेन्द्र कार्कीले शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गरेको यो पोष्टले एमाले कञ्चनपुरभित्र व्यापक हल्लाखल्ला उब्जाएको छ ।

कार्कीले फेसबुकमा उल्लेख गरेका हिमाल चन्द एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा १७ नम्बर वडा अध्यक्ष निर्वाचित उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए । काँग्रेसको गढ मानिने १७ नम्बर वडामा चन्दले पहिलो पटक एमालेलाई जित दिलाएका हुन् ।

अहिले चन्दको परिचय नगराएको विषय सामाजिक सञ्जाल र एमाले नेता कार्यकर्ताबीच चर्चा परिचर्चाको विषय बनेको छ ।

शनिबार गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल महाकाली नदीको चार लेन पक्की पुल निरीक्षणका लागि आएका थिए ।

मन्त्रीद्वय लेखक र दाहाल दुबैको स्वागतका लागि सत्तारुढ काँग्रेस एमालेका नेता कार्यकर्ता पुलको पहुँच मार्गमा खादा र फूलमाला समाएर लामबद्ध भएर उभिएका थिए ।

अढाई बजे भौतिक पूर्वाधार मन्त्री दाहाल महाकाली पुल पुगे । गृहमन्त्री लेखक विना पुलमा पुगेका उनलाई एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले लामबद्ध नेता कार्यकर्तासित परिचय गराउन थाले ।

त्यस क्रममा उनीसंगै एमाले पोलिटब्युरा सदस्य निरुदेबी पाल पनि सहभागी थिइन् । पूर्व मुख्यमन्त्री रावलले परिचय गराउँदै अघि बढेका मन्त्री दाहाललाई त्यहाँ उपस्थित नेता कार्यकर्ताले खादा र फूलमाला लगाएर स्वागत गरे ।

नेता कार्यकर्ताको लाइनमा रावल परिचय गराउँदै एमाले नेता एबम् व्यवसायी तेज बहादुर चन्दसम्म पुग्छन् । उनीसंगै हुन्छन् एमाले नगर कमिटी अध्यक्ष चन्द र एमाले कञ्चनपुरका कार्यालय सचिव रामचन्द्र रेग्मी ।

पूर्व मुख्यमन्त्री रावल व्यवसायी चन्दको नाम तोकेर परिचय गराउँछन् । त्यसघि उनी मन्त्रीसंगै अघि बढेर हिमाल चन्दसम्म पुग्छन् । त्यहाँ पुगेपछि उनी चुप लाग्छन् । चन्दले भने मन्त्री दाहाललाई खादा लगाउँछन् । त्यसपछि  रेग्मीसित पुगेका मन्त्री दाहाललाई उनको नामै तोकेर परिचय गराउँछन् । परिचय र स्वागत कार्यक्रम सकिएपछि मन्त्री पुल निरीक्षणका कार्यक्रममा सहभागी भए । मन्त्री दाहालको स्वागत सकिएपछि मात्रै गृहमन्त्री लेखक पुल पुगेका थिए । 

नगर कमिटी अध्यक्ष चन्दको परिचय नगराएपछि नेता कार्यकर्ताले साँझ पूर्व मुख्यमन्त्री रावलको नाम नलिई फेसबुक असन्तुष्टि पोखे  ।  अहिले सबैतिर यसको चर्चा चुलिएको छ । 

नगर कमिटी अध्यक्ष चन्दले भने मन्त्रीसित आफ्नो परिचय नगराउनु ठूलो कुरा नभएको बताए । ‘अरुलाई जस्तै मकहाँ पुग्दा यो हिमाल चन्द हो भनेर भनि दिएको भए ठिकै हुन्थ्यो, अब भन्नु भएन भने नि ठिकै छ, यो कुनै ठूलो कुरा होइन ।

नगर अध्यक्ष चन्द एमाले पोलिटब्युरो सदस्य निरु पालका वडाका वासिन्दा हुन् । उनको वडाका नगर अध्यक्ष चन्दलाई अर्का पोलिटब्युरो सदस्य रावलले सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीका मन्त्रीसित परिचय गराउन छाडि दिएका छन् ।

dirghayi clinic

पोलिटब्युरो सदस्य रावलले परिचय गराउन छाडेको घट्नाले एमाले कञ्चनपुरका दुई गुटको लडाई छताछुल्ल भएको एमाले नेताहरु बताउँछन् ।

एमाले कञ्चनपुरमा पोलिटब्युरो सदस्यद्वय रावल र पालका दुई गुट छन् । सर्वोच्च अदालले तत्कालिन नेकपा विघटन गरेपछि एमालेभित्र रावल र पालले आ आफ्ना गुट बनाएका छन् ।

एमालेको तत्कालिन माधव कुमार नेपाल गुटका नेता कार्यकर्ता अहिले पाल र रावलका गुटमा बाँडिएका छन् । कञ्चनपुरमा पाल गुटको जिल्ला, नगर र वडा कमिटीसम्म दबदबा छ ।

नेकपा विभाजनपछि एमाले बसेका अधिकाँश पूर्व माओवादी नेता कार्यकर्ता रावल गुटमा छन् । आठौं अधिवेशनमा सुदूरपश्चिम सरकारका मन्त्री बीर बहादुर थापाको नेतृत्वमा रावल गुटको प्यानल चुनाव लडेको थियो । त्यसमा अनपेक्षित हार भएपछि पाल गुटसित विवाद चर्र्किएको थियो ।

एमाले नगर अध्यक्ष चन्द पाल गुटका हुन् । नगर अध्यक्ष चन्द पनि नेकपा विघटन अघिसम्म रावल र पाल गुटमा थिए ।

एमाले कञ्चनपुरको रावल गुटमा केन्द्रीय सदस्य कमला बोहरा, मन्त्री बीर बहादुर थापा, एमाले कञ्चनपुरका उप सचिव अशोक कुमार चन्द, राष्ट्रिय युवा संघका नेता बचन बहादुर सिह लगायत छन् । उनीहरु सबैलाई एमाले महासचिव शंकर पोखरेलको साथ छ । एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट पनि उनीहरुसंगै छन् ।

२०७९ को आम निर्वाचनमा समानुपातिक साँसद भएर एमाले संसदीय दलका नेता हुँदै रावल मुख्यमन्त्री भएका हुन् । शिक्षण छाडेर राजनीतिमा आएका उनी एमाले कञ्चनपुरका पूर्व सचिव हुन् । एमाले जिल्ला अध्यक्षमा दुई पटक चुनाव लडेर रावल पराजित भएका थिए ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट इन्चार्ज भट्ट र एमाले केन्द्रीय सदस्य एबम् मन्त्री दामोदर भण्डारीका दुई गुट बनेपछि यस गुटका अधिकाँश नेता दोधारमा छन् ।

अर्का पोलिटब्युरो सदस्य पाल गुटमा केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, एमाले कञ्चनपुरका पूर्व अध्यक्ष सुरेन्द्र विष्ट लगायत जिल्ला कमिटीमा उप सचिव बाहेक सबै पदाधिकारी छन् ।
पाल गुटलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले साथ दिएका छन् । दुई गुटबीच २०७९ को निर्वाचनमा टिकट वितरणदेखि जिल्ला अधिवेशन, राजनीतिक नियुक्ति सबैमा विवाद छ ।

पछिल्लो समयका राजनीतिक नियुक्तिमा महासचिव पोखरेलका इन्चार्ज भट्ट र पूर्व मन्त्री रावलका दुबै गुट हावी भएका छन् ।

पूर्व मन्त्री रावलले डा. हिरा चन्दलाई सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य बनाएका छन् । सुदूरपश्चिम इन्चार्ज भट्टले पूर्व माओवादी कार्यकर्ता नेत्रप्रकाश पन्तलाई भूमि आयोगको अध्यक्ष बनाएका छन् ।

एमाले कञ्चनपुरबाट सिफारिश नभएका पन्तलाई भट्टले प्रदेशबाट सिफारिश गरी अध्यक्ष बनाएका छन् ।

एमालेका गुटको लडाई गत वर्ष राष्ट्रिय युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटाकुटसम्म पुगेको थियो । रावल समूहका नेता कार्यकर्ताले निर्वाचन समितिका भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटामाथि एमाले पार्टी कार्यालयमा निर्घात कुटपिट गरेका थिए ।

एमालेले अध्यक्ष देवकोटामािथ कुटपिट छानबिनका लागि उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...