ghar sansar

सूर्याेदय हुउद्देश्यीय सहकारीले मनायो १७ औैं स्थापना दिवस

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औं स्थापना दिवस मनाएको छ ।

सहकारीले आफ्नो सभा कक्षमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाएको छ ।

,orning glory badhai

सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम गरियो । कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र केसी, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक देब सिह नाथ, योग प्रशिक्षक गंगादत्त जोशी, राष्ट्र सेबक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष गंगदात्त जोशी लगायत शेयर सदस्यहरु सहभागी भएका छन् ।

कार्यक्रममा राष्ट्रिय ब्याडमिन्टल प्रतियोगिताका विजेता सहकारीका शेयर सदस्य पुस्कर भट्टलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री खड्का र सहकारीका अध्यक्ष खरेलले टिका लगाएर खादा लगाएर सम्मान गरे ।
यसैगरी कार्यक्रममा बेदकोट नगरपालिका ८ रौटेलास्थित बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरिएको छ । सहकारीले केन्द्रलाई २० कुर्ची सहयोग गरेको छ ।

केन्द्रका उपाध्यक्ष मोहन चन्दलाई कार्यक्रमका प्रमुख अतिथि खड््का र सहकारीका अध्यक्ष खरेलले कुर्ची हस्तान्तरण गरे ।

dirghayi clinic

सहकारीले बर्सेनी स्थापना दिवस मनाउँदै आएको छ । सहकारीले जानकी टोलमा आफ्नै भवन बनाएर कारोबार गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री खड्काले सहकारीले कृषि क्षेत्र र उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

भीनपा १८ का वडा अध्यक्ष देवकोटा, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक नाथ, पुरुषोत्तम अर्याल, गंगादत्त जोशी लगायतले शुभकामना मन्तव्य राखे ।

सहकारीका अध्यक्ष खरेलले सहकारीको २०८१ साउदेखि पुस मसान्तसम्म प्रगतिबारे जानकारी गराउँदै सहकारीले कृषि र उत्पादनलाई प्राथमिकता दिएर अघि बढेको उल्लेख गरे ।

उनले कृषि क्षेत्रलाई मध्यनजर गरी सुपथ पसल सञ्चालन, रसायनिक मलखाद बिक्री केन्द्र सञ्चालन, किसान समूह गठन लगायतका कार्यक्रम गरिएको जानकारी दिए ।

अध्यक्ष खरेलका अनुसार २०८१ असास मसान्तसम्म सहकारीमा ५ हजार ४८ शेयर सदस्य पुगेकामा हाल आएर बढेर ५ हजार २ सय ७२ जना पुगेका छन् । सहकारीमा एक सय २७ महिला समूह छन् ।

सहकारीका सह सचिव उमेश पाण्डेयले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव धु्रबराज पण्डितले सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...