

महेन्द्रनगर । लालझाडी गाउँपालिका ४ मा जंगली हात्तीको बथानले स्थानीयको बालीनालीमा व्यापक क्षति पुगाएको छ । स्थानीयका अनुसार हात्तीको बथानले एकै परिवारको १० कट्टा जग्गाको गहुँबाली नष्ट गरेको छ ।

हात्तीले सबैभन्दा बढी शिला चौधरीको गहुँबाली सबैभन्दा बढी क्षति पुगाएको छ । चौधरीको १० कट्टा जग्गामा लगाएको गहुँबाली नष्ट गरिएको छ । लालझाडीमा हात्तीको बथानले लामो समयदेखि बालीनाली क्षति गर्दै आएको छ ।



