ghar sansar

भीमदत्तका स्वर्गिय सवारी चालक शर्माका परिवारलाई निजामति कर्मचारी संगठन कञ्चनपुरको किरिया खर्च सहयोग

khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले संगठित सदस्य रहेका भीमदत्त नगरपालिकामा सवारी चालक पदमा कार्यरत रामचन्द्र शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै किरिया खर्च सहयोग वापत २१ हजार सहयोग गरेको छ ।

dirghayi clinic

निजामती कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष दिनेश राज भट्ट, सचिव लाल बहादुर बिष्ट, सहसचिव लोक राज पन्त लगायतकले शर्माको घरमा किरिया खर्च हस्तान्तरण गरे ।

कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले जिल्लामा संगठित सदस्यको निधन भएमा किरिया खर्च सहयोग स्वरुप २१ हजार नगद प्रदान गर्ने निर्णय गरेको हुँदा मृतकको घरमै गइ श्रद्धाञ्जली व्यक्त गर्दै उक्त रकम हस्तान्तरण गरिएको उपाध्यक्ष भट्टले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...