ghar sansar

कान्छीसित मिलेर जेठी श्रीमतिको हत्या, चार जना प्रहरी नियन्त्रणमा

khasi

महेन्द्रनगर । कञ्चनपुरमा कान्छी श्रीमतीसंग मिलेर श्रीमानले जेठी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–११ चौबिससत्तामा शनिबार दिउँसो गोपाल सुनारकी ५८ वर्षीय श्रीमती कसी सुनार बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) उमेश जोशीले जानकारी दिए । यद्यपि उनको मृत्युुको कारण भने खुल्नमा नआएको डिएसपी जोशीले बताए ।

dirghayi clinic

महाकाली नदी किनारामा बालुवा चालेर जिविकोपार्जन गर्दै आएकी सुनारलाई सम्पत्तिको प्रलोभनमा उनका श्रीमान गोपाल सुनारसहित कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारको मिलोमतोमा हत्या गरेको आरोप लागेको छ ।

मृतकका श्रीमान गोपाल सुनारसहित उनकी कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक कसी सुनारको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...