

महेन्द्रनगर । माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय इन्चार्ज जिम्मेवारी हेमराज अवस्थीलाई दिइएको छ ।

उनी विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार थिए । क्रान्तिकारीको केन्द्रीय कमिटीले उनलाई इन्चार्ज जिम्मेवारी दिएको हो ।
विश्वविद्यालयमा निर्वाचन स्थगित गरिएको थियो । निर्वाचन स्थगित विरुद्ध कानुन संकायका विद्यार्थीले रिट जाहेर गरेका थिए ।
अदालतले लामो समयदेखि विश्वविद्यालयमा निर्वाचन हुन नसकेकाले निर्वाचन गर्न अनिवार्य रहेको भन्दै निर्वाचन प्रक्रियालाई अगाडि बढाउन सुदूरपश्चिम विश्वविद्यालयलाई परमादेश जारी गरेको थियो।
