ghar sansar

शान्ति निकेतनको गणित विज्ञान प्रदर्शन : विज्ञानमा महेन्द्रनगर साधारण र गणितमा लक्ष्मी मावि बागफाँटा प्रथम

khasi

महेन्द्रनगर । शान्ति निकेतन माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय गणित विज्ञान प्रर्दशनीमा महेन्द्रनगर मावि (साधारण) र  लक्ष्मी मावि बागफाँटा प्रथम भएका छन् ।

विज्ञान विधान विधामा महेन्द्रनगर मावि साधारण र गणितमा लक्ष्मी मावि बागफाँटा प्रथम स्थान हासिल गरेका हुन् ।

विज्ञानमा निङ्गलाशैनी मावि द्वितीय र सत्यवादी माध्यमिक विद्यालय तृतीय भए । आयोजक शान्ति निकेतन र होली फेमली इङ्गलिश मिडियम स्कुलले चौथो स्थान ल्याए ।

गणित विधातर्फ लक्ष्मी मावि बागफाँथा प्रथम, इन्टरनेशनल पब्लिक स्कुल द्वितीय, महेश्वर मावि सुकासाल तृतीय र सत्यवादी मावि बनगाउँ चौथो भएका छन् ।

प्रदर्शनमाी विज्ञान तथा गणित विधा दुबैका प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान ल्याउने विद्यार्थीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

dirghayi clinic

शिक्षा विकास निर्देशनालयको सहयोगमा शान्ति निकेतनले प्रदर्शनी आयोजना गरेको छ ।

शान्ति निकेतनमा प्रधानाध्यापक पुष्पराज ओझाले विज्ञान र गणित विषयमा विद्यार्थीहरुको रुचि बढाउन प्रदर्शनी गरिएको बताए ।

शान्ति निकेतनका अध्यक्ष रामदत्त भट्टको अध्यक्षतमा गरिएको उद्घाटन कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख गोपालदत्त जोशी प्रमुख अतिथि थिए । उनले पानसमा दिप प्रजवलन र ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष प्रकाश चन्दले आगामी आर्थिक वर्षको लागि विद्यार्थीमैत्री बजेट ल्याउने बताए । उनले विद्यार्थीले देश र समाजलाई विकसित र समुन्नत बनाउन सक्ने भएकाले सरकारले विद्यार्थी र युवालाई लक्षित गरी बजेट ल्याउनु पर्नेमा जोड दिए ।

‘यो एकदमै राम्रो कार्यक्रम हो, यसबाट विद्यार्थीले सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान सीप प्रदर्शन गर्न सक्छन्, यस्ता कार्यक्रमलाई निरन्तरता दिइनु आवश्यक छ’ उनले भने, ,‘वडाले यस वर्ष विद्यार्थीमैत्री बजेट ल्याउँछ ।’

चन्द केही महिना अघि भएको उप निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । २०७९ को निर्वाचनबाट निर्वाचित वडा अधयक्ष महेन्द्र खड्काको निधन भएपछि भीनपा ६ मा उप निर्वाचन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...