ghar sansar

महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको बन्द सत्र सत्र सकियो, असार ७ गते निर्वाचन

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनि प्रा.लि. को दोस्रो साभारण सभाको बन्द सत्रबाट असार ७ गते चुनाव तोकिएको छ । महेन्द्रनगरस्थित भानु प्यालेशमा बुधबारदेखि सुरु दोस्रो साधारण सभा सुरु भएको हो । बिहीबार बन्द सत्रबाट असार ६ गते निर्वाचनका लागि अध्यक्ष मण्डल चयन गरिएको हो ।

हरिश थापा मुख्य निर्वाचन अधिकृत रहेको समितिमा सञ्जिवचन्द्र भट्ट र मदनराज पाण्डेय सदस्य छन् । बन्द सत्रले थापा नेतृत्वको समितिलाई चुनाव गराउने जिम्मा दिएको हो ।

असार ७ गते महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.को रुपमा नभएर महाकाली सेती यातायात वस व्यवसायी समितिको हैसियतमा चुनाव हुन लागेको हो ।

सरकारले यातायात व्यवसायी समितिलाई कम्पनीमा लग्ने निर्णय भएपछि तत्कालिन महाकाली सेती यातायात वस व्यवसायी समिति यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.मा रुपान्तरण भएको थियो ।

सर्वोच्च अदालतले २०८० जेठमा कम्पनीमा जानु पर्ने सरकारको निर्णय खारेजी गरेको थियो । त्यसपछि कम्पनीले साविक महाकाली सेती यातायात वस व्यवसायी समितिको हैसियतमा नविकरणका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले हालसम्म समितिको नविकरण गरेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वोच्चमा रिट दायर गरेको थियो ।

dirghayi clinic

प्रशासन कार्यालयले नविकरण नगरे पनि सर्वोच्चको आदेश अनुसार असार ७ गते समितिको हैसियतमा चुनाव हुन लागेको हो ।

समितिमा ५ सय १८ व्यवसायी मतदाता छन् । बन्द सत्रबाट निर्वाचन मण्डल गठन गरिएपछि निर्वाचन कार्यक्रम बढाउने समितिका कार्यालय प्रमुख मदन बहादुर क्षेत्रीले जानकारी दिए ।

कार्यालय प्रमुख क्षेत्रीले २०७४ मा समितिको अन्तिम निर्वाचन भएको थियो । त्यसपछि कम्पनीमा रुपान्तरण भएपछि अहिले समितिको हैसियतामा चुनाव हुन लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले साधारण सभा उद्घाटन गरेका थिए । कम्पनीका निवर्तमान उपाध्यक्ष एबम् साधारण सभाका संयोजक विष्णु कँडलले अतिथिहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

उद्घाटन कार्यक्रममा कम्पनीका सल्लाहकार एबम् समितिका पूर्व अध्यक्ष गोपाल सिह भण्डारी बाहेक अन्यले सहमतिमा समिति चयन गर्न जोड दिए ।

सल्लाहकार भण्डारीले भने चुनाव गराउनु डराउनु नहुने धारणा राखेका थिए ।

२०७४ को चुनावबाट कम्पनीका निवर्तमान अध्यक्ष डम्बरराज पन्त अध्यक्ष निर्वाचित भएका थिए । समिति कम्पनीमा रुपान्तरण भएपछि पन्त कम्पनी अध्यक्ष भएका हुन् । दोस्रो साधारण सभाको बन्द सत्र सकिएपछि उनी निवर्तमान भएका छन् ।

बन्द सत्रबाट सचिव देवराज जोशीका वार्षिक, उपकार कोषाध्यक्ष धिरेन्द्र बहादुर चन्द उपकार कोष प्रतिवेदन र कोषाध्यक्ष रमेश थापाको आर्थिक प्रतिवेदन पारित गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...