ghar sansar

एन प्याब्सन कञ्चनपुरको जिल्ला स्तरीय हस्त लेखन प्रतियोगिता

khasi

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएसन नेपाल(एन प्याब्सन) कञ्चनपुरले हस्त लेखन प्रतियोगिता आयोजना गरेको छ ।

जानकी टोलस्थित मर्निङ्ग ग्लोरी माध्यमिक विद्यालयमा गरिएको प्रतियोगितामा जिल्लाभरका २४ विद्यालयका ७५ विद्यार्थीले भाग लिएका छन् ।

भीमदत्त नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशीले प्रतियोगिता उद्घाटन गरे । उनले प्रतियोगिताबाट विद्यार्थीहरुको अन्र्तनिहित क्षमता उजागार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एन प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर चन्द विशिष्ठ अतिथि थिए ।

dirghayi clinic

एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले कार्यक्रमको अध्यक्षता गरे । एन प्याब्सन कोषाध्यक्ष आलेले कार्यक्रममा स्वागत मन्तव्य राखिन् । एन प्याब्सन सचिव कुबेर खड्काले सञ्चालन गरेका थिए ।

कार्यक्रममा एन प्याब्सन जिल्ला सह सचिव सुरेन्द्र राज जोशी, कोषाध्यक्ष निलम आले लगायत सहभागी भए ।

एन प्याब्सन सह सचिव जोशीले एन प्याब्सनको वार्षिक नियमति कार्यक्रम अन्र्तगत प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा हस्त लेखन प्रशिक्षक मोहन जैसी मूल्याङ्कर्ता थिए । एन प्याब्सनमा जिल्लाभर १ सय १८ विद्यालय आवद्ध छन् ।

   

Himal dental
सम्बन्धित
Loading...