ghar sansar

बेदकोटमा तीन दिने दुना टपरी बनाउने तालिम सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाको आर्थिक सहयोगमार द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रको आयोजना बेदकोट नगरपालिका ३ मा सञ्चालन गरिएको द्वन्द पीडित तथा बेपत्ता परिवारका लागि सिप मुलक आयमुलक तालिम अन्तर्गत तीन दिने दुना टपरी बनाउने तालिम सकिएको छ ।

dirghayi clinic

तालिम उद्घाटन संस्थाका अध्यक्ष सिता बोहराको अध्यक्षता र बेदकोट नगरपालिकाका उप प्रमुख तुलसीको प्रमुख आतिथ्यमा गरिएको थियो ।

नगरपालिकाका विभिन्न वडाका महिलाहरुको सहभागिता रहेको सो तालिमबाट सहभागीहरुले दुनाटपरी बनाउने सीप सिकेका छन् । उक्त सिकाइ नेपालीहरुको विभिन्न चाडपर्व तथा धर्मकर्ममा काम लाग्ने दुनाटपरी बनाउने तालिम लिन पाउँदा धेरै खुशी भएको सहभागीहरुले बताएका छन् ।

तालिम लिइ सकेपछि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिम सहजीकरण हिरा कुमारी रावलले गरेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...