

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको सबैभन्दा पूरानो विद्यालय भानु माध्यमिक विद्यालयको नेतृत्व ओम बस्नेतले पाएका छन् । भानु माविको विद्यालय व्यवस्थापन समितिमा वस्नते सर्वसम्मत चयन भएका हुन् ।
वस्नेत दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष हुन् । २०७९ को निर्वाचनमा उनी एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

एमालेमा विद्यार्थीबाट राजनीतिमा आएका उनी अहिले एमाले जिल्ला कमिटी सदस्य छन् । उनी एमालेका विद्यार्थी संगठन अखिलको फाँटा इन्चार्ज पनि हुन् ।
बस्नेतले आफूलाई सर्वसम्मत अध्यक्ष बनाएको भन्दै सबैमा आभार व्यक्त गरेका छन् । उनले विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता गरेका छन् ।
‘अवस्था जरजर छ, विद्यार्थीहरु संख्या कम छ, चुनौति धेरै छ धेरै कुरा सधार्नु छ । अब सबै मिलेर भानु मा. वि. लाई अगाडि बढाउन हातेमालो गरौ’ उनले भने ।
