

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित सनराइज पब्लिक स्कुलका १८ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । विद्यालयका प्रियंका शाहले सबैभन्दा बढी ३ दशमलव ९० जीपीए ल्याएकी छन् । शाहपछि पुनम भट्ट ३ दशमलव ८९ जीपिए ल्याएकी छन् ।
विद्यालयका १८ जना ए प्लस ल्याएका छन् । यसैगरी २४ जना ए र ८ जनाले बी प्लस ल्याएका छन् । विद्यालयबाट परीक्षामा सहभागी ५२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयका संस्थापक गंगा खरेल चालिसेले यस वर्ष प्रवेशिका उत्कृष्ठ नतिजा आश गरिएको बताइन् । ‘विद्यालयका ६÷७ जनाको ४ जीपीएको आश गरेका थियौ, त्यस अनुसार नतिजा आएन’ उनले भनिन् ।
सनराइनज २०४८ मा स्थापना गरिएको हो । विद्यालयमा ८ सय बढी विद्यार्थी अध्ययनर छन् ।

