

महेन्द्रनगर । दोधारा चाँदनीमा सामुदायिक विद्यालयमा जनज्योति माध्यमिक विद्यालयबाट सबैभन्दा बढी एसईईमा विद्यार्थी उत्तीर्ण भएका छन् । जनज्योतिका ४७ जना विद्यार्थीमध्ये १३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो २७ दशमलव ६६ प्रतिशत हो । त्यसपछि शारदा सरस्वती माध्यमिक विद्यालय १५ दशमलव २१ प्रतिशत, माहाकाली आदर्श ११ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसपछि लक्ष्मी ७ दशमलव ४०, शंकर पार्वती ७ दशमलव १४ प्रतिशत र भानु माध्यमिक विद्यालय ३ दशमलव ७७ प्रतिशत र अम्बिका माध्यमिक विद्यालय ३ दशमलव ६३ प्रतिशत छन् ।
सामुदायिक बिधालय तर्फ लक्ष्मी माध्यमिक विद्यालयका सुवर्ण रावत पालिका भरिकै सर्वाधिक न्एब् ३.४६ ल्याउने बिद्यार्थी बनेका छन् ।
