ghar sansar

दैजीमा जीपको ठक्करले गोबरैयाका चन्दको मृत्यु

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका–३ दैजीस्थित मंगलबार सुदूरपश्चिम प्रदेश ०४००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट दिपेन्द्र चन्दको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१५ का चन्द दैजीमा डिआरएस ट्रेडर्स सञ्चालन गर्दै आएका थिए ।

dirghayi clinic

चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो तर उपचारका क्रममा राति १०ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...